टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट, १५० डिलर सहभागी « Khabarhub

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट, १५० डिलर सहभागी


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो ।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वेनर्जीले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा उत्सव वेनर्जीले एक्सर्पोट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्य योजनाका बारेमा प्रकाश बताएका थिए  ।

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरे  ।

कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डन्ष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो ।

नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डन्ष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् ।

जापनिज ब्याट्री निर्माता कम्पनी र्जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो ।

हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।

कम्पनीले वार्षिक रूपमा १४ लाख फोर  ह्विवलर २४ लाख टु ह्विवलर सवारीका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ४८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले