टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट, १५० डिलर सहभागी « Khabarhub

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट, १५० डिलर सहभागी


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो ।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वेनर्जीले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा उत्सव वेनर्जीले एक्सर्पोट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्य योजनाका बारेमा प्रकाश बताएका थिए  ।

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा डिलर सञ्चालकहरूले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरे  ।

कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डन्ष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो ।

नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डन्ष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन् ।

जापनिज ब्याट्री निर्माता कम्पनी र्जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो ।

हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।

कम्पनीले वार्षिक रूपमा १४ लाख फोर  ह्विवलर २४ लाख टु ह्विवलर सवारीका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ४८ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल