मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते « Khabarhub

मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटाबीच भएको थियो ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् । दुर्घटनाका कारण राजमार्गको दुवै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : २४ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण