अर्थसंक्षेप : ऋणको सावाँ ब्याज तिर्नै सरकारलाई मुस्किल, ग्वार्को फ्लाइओभरका ठेकेदारलाई दैनिक ८८ हजार जरिवाना | Khabarhub Khabarhub

अर्थसंक्षेप : ऋणको सावाँ ब्याज तिर्नै सरकारलाई मुस्किल, ग्वार्को फ्लाइओभरका ठेकेदारलाई दैनिक ८८ हजार जरिवाना


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । संघीय राजधानी काठमाडौं उपत्यकाको चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरमा ढिलासुस्ती गरेको ठेकेदारलाई आजदेखि हर्जना लागेको छ ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

आजका आर्थिक समाचार :

सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानीमा सरकारको खर्च बढ्दै

सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब हाराहारी छ ।

‘चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड थप भई कूल सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको छ । जुन कूल गार्हस्थ उत्पादनको ४३ दशमलव ६९ प्रतिशत हुन आउँछ’, प्रतिवेदनमा भनिएको छ, ‘मङ्सिर महिनामा ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मङ्सिर मसान्तसम्ममा २५ अर्ब ६४ करोड ऋण दायित्व घट्न गएको छ ।’

शेयर बजारमा १४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

मंगलबार शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको हो । आज नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ ।

आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ ।

यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ ।

ग्वार्को फ्लाइओभरको ठेकेदारलाई आजदेखि दैनिक ८८ हजार रुपैयाँ हर्जना

संघीय राजधानी काठमाडौं उपत्यकाको चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरमा ढिलासुस्ती गरेको ठेकेदारलाई आजदेखि हर्जना लागेको छ । पटकपटक म्याद थप्दा पनि निर्माणकार्य सम्पन्न नगरेपछि सडक विभागले आशिष-समानान्तर-रेलिगेर जेभी (संयुक्त उपक्रम)लाई दैनिक ८८ हजार रुपैयाँ हर्जना लगाउँँदैछ । निमार्ण कार्य सम्पन्न नगरुञ्‍जेल यस्तो हर्जना लागिरहनेछ ।

इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा तीन ठेकेदार कम्पनी मिलेर १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा यो फ्लाइओभर बनाउने ठेक्का सकारेका थिए । शुरू अवधिमा निर्माण गर्न नसकेपछि विभागले म्याद थपिदिएको थियो ।

तर, थपिएको म्यादको अन्तिम दिन अर्थात्‌पुस ८ गतेसम्म फ्लाइओभर निर्माण जम्माजम्मी ८२ प्रतिशतमात्रै सकिएको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने

नागरिक लागा नि कोषले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई बोनस दिने भएको छ । कम्पनीका सञ्चालक समिति सचिव नवराज खड्काका अनुसार कम्पनीले १३ प्रतिशत बोनस दिने भएको हो ।

कोषले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित सहित विभिन्न एजेन्डा पारित गर्ने कोषले पुस २९ गते सोमबार वार्षिक साधारणसभा गर्ने भएको छ । कोषले विशान ११ बजेदेखि आफ्नो केन्द्रीय कार्यालय, सिआईटी विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा ३० औँ वार्षिक साधारणसभा गर्ने भएको छ ।

गहुँखेती गर्न रासायनिक मल अभाव

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सकेनन्।

यादवले धान थन्क्याएलगत्तै करिब पाँच कट्ठा जग्गामा गहुँ छर्ने तयारी गरेका थिए । गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत उहाँले युरिया र डिएपी मल किन्न पाएनन्। सोमबार पनि उहाँ मल लिन लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय पुगे।

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार दुई सय ८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

सांसदहरूले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले थप प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसंगको छलफलका क्रममा उनीहरूले राज्यले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने समेत बताए । संशोधनकर्ता सांसद गगन कुमार थापाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको दायरा थप फराकिलो पार्नुपर्ने धारणा राखे ।

उनले स्थानीय तहलाई पाँच मेगावाट क्षमतासम्मको विद्युत् उत्पादन गर्न दिने प्रावधान उचित नहुने र त्यसलाई घटाएर तीन मेगावाट बनाउनुपर्ने सुझाव दिए । सामुदायिक विधुतीकरणको विषयलाई पूर्णता बन्देज लगाउन नहुने उनले बताए ।

चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुल्सीप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै उनी गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत रु १५ करोड बराबरको विविध सामग्री निर्यात भएको प्रमुख भट्टराईले बताए। आयात सामग्रीको नियमानुसार मूल्यांकनबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन कार्य अगाडि बढिरहेको बताइएको छ ।

बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए। सो उद्योगसँग रु चार लाख ५० हजार मागदाबी गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ०२ बजे

‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू

काठमाडौं– विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको

नेपालमा कति छन् क्रिश्चियन ?

काठमाडौं– संविधानले धर्मनिरपेक्षता घोषणा गरेपछि नेपालमा रहेका सबै धर्मावलम्बीहरुले स्वतन्त्रताको

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा– पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

किमाथांका – सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत्

एमालेको ६ महिने कारबाहीमा परे बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय