सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, लीलाको सुरु, त्यसपछि रविको « Khabarhub

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, लीलाको सुरु, त्यसपछि रविको


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पोखरा-  गोर्खा मिडिया नेट्वर्कका पूर्वउपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग जिल्ला अदालत कास्कीमा मंगलबार बयान सकिएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईको इजालसमा बयान सकिएको हो । अदालतमा जोशीको बयान सकिएपछि अब अन्यको पालो छ ।

सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँग बयान सुरु भएको छ।

अदालत लगिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज बयान लिइएन ।

पछाईको बयान सकिएपछि मात्रै लामिछानेको पालो आउने बताइएको छ ।

मंगलबार लामिछाने, पूर्व डीआईजी एवम् गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक जोशी, लीला पछाई र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो । कृष्णबहादुर गुरुङ अस्वस्थ भएकाले अस्पतालमै छन् ।

यसअघि आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ५२ बजे

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका