आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ११ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी २५ तारिख। पुस शुक्ल पूर्णिमा तिथि । आजदेखि श्री स्वस्थानी व्रत कथा प्रारम्भ हुन्छ । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीसँग गफ गर्ने मौका मिल्नेछ। मनका कुरा साट्ने अवसर प्राप्त हुनसक्छ। व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्र सबल देखिन्छ। परिवारमा खटपटी हुनसक्छ।

वृष : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको मेलमिलापमा घमण्ड आउने देखिन्छ।

मिथुन : आजको दिन चन्द्रमा दाहिना हुनाले धन लक्ष्मी योग परेको छ। आज धनको घमण्ड नगर्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा समस्या हुने देखिन्छ।

कर्कट : समय राम्रो छ। हरेक क्षेत्र सकारात्मक रहेकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। धेरै अवसर अगाडि देखिए पनि एउटा क्षेत्र छनोट गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

सिंह : दिन संघर्षमय छ। तपाईंले वादविवाद, आरोप-प्रत्यारोप सुन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

कन्या : दैनिकी राम्रो छ। दिन रमाइलो हुनेछ। भ्रमण र भेटघाटले मन खुशी हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। तपाईंको डुबेको लगानी उठ्ने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। संघर्ष गरेर कर्मलाई निरन्तरता दिनुपर्ने छ। हरेक क्षेत्रमा विवाद सुन्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीले भने उत्साह दिनेछ।

धनु : दैनिकी सामान्य राम्रो छ। आफ्नै बोलीका कारण विवाद हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो मिल्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मकर : समय सामान्य छ। ठुला कामको सुरुवात गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा ख्याल नगर्नाले समस्या हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथ र सहयोगले मनमा शान्ति मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। राम्रा कामको जस अरुले नै लिन्छन्। तपाईंको मन दुःखाउनेहरु सक्रिय छन्। बिहान शिवको भजन सुन्नु राम्रो हुन्छ। पाथिभराको दर्शन वा स्मरण गरेमा सबै समस्या समाधान हुनेछन्। परिवारको साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। स्वास्थानी माताको स्मरण गरेमा शिक्षाको क्षेत्र अब्बल रहनेछ। कर्मलाई प्राथमिकता दिएमा दिन रमाइलो हुनेछ। आफन्तसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ०७ बजे

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी :मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी

इनिशा बिकलाई न्याय माग्दै दलित जेन-जी अलाइन्सको खबरदारी (तस्बिरहरू)

काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा