राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदै, १९ सिटका लागि ५१ उम्मेदवार मैदानमा « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदै, १९ सिटका लागि ५१ उम्मेदवार मैदानमा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज मतदान हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ। आयोगका अनुसार १९ सिटका लागि आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् भने एमाले र राप्रपाको छुट्टै सहकार्य छ । अन्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्नसहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।

निर्वाचनमा प्रदेशसभाका ५४९ र पालिका प्रमुख–उपप्रमुख एकहजार ४९८ गरी जम्मा २ हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ।

एक प्रदेश सांसद बराबर ५३ र पालिकाको एक जनप्रतिनिधि बराबर १९ मतभार रहेको छ । जसको कुल मतभार ५७ हजार ५५९ रहेको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा १० हजार एक सय ३५, मधेशमा १० हजार सात सय ४४, बागमतीमा १० हजार तीन सय ३३, गण्डकीमा ६ हजार चार सय १०, लुम्बिनीमा आठ हजार सात सय ५३, कर्णालीमा पाँच हजार ८४ र सुदूरपश्चिममा ६ हजार एक सय मतभार रहेको छ ।

०७४ साल माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि फागुन २० गतेबाट सकिन लागेकाले रिक्त हुने उक्त स्थानमा आज मतदान हुन लागेको हो ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : १९ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले