कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध « Khabarhub

कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओसँग बार्सिलोना स्तब्ध बनेको छ । गएराति भएको क्वार्टरफाइनलमा बिल्बाओसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि दौडबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । सो समयमा  बिल्बाओले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

बिल्बाओको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एकएक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबर्ट लेवानडोस्की र लामिन यमलले एक–एक गोल गरेका थिए ।

यस्तै, राति नै भएको अर्को खेलमा जिरोनालाई ३–२ गोलले हराउँदै मल्लोर्का सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक बिल्बाओ, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : ५३ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ