राष्ट्रियसभा निर्वाचन : ८० प्रतिशत मतदान सम्पन्न, आजै परिणाम आउने « Khabarhub

राष्ट्रियसभा निर्वाचन : ८० प्रतिशत मतदान सम्पन्न, आजै परिणाम आउने


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा १९ सिटका लागि आज भइरहेको निर्वाचनमा ८० प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।

बिहान ९ बजे सुरु भएको मतदानमा मध्याह्न १२ बजेसम्म ८० प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनले भने, ‘सबै प्रदेशमा गरी अहिलेसम्म ८० प्रतिशत मत खसेको छ, कुनै विवाद नआए मतदान सकिए लगत्तै गणना सुरु गरी आजै विज्ञप्तिमार्फत परिणाम घोषणा हुनेछ ।’

उनले अहिले सातै प्रदेशका मतदान केन्द्रमा शान्त वातावरणमा मतदान जारी रहेको बताए । मतदानको समय ३ बजेसम्म रहेको छ ।

आगामी फागुन २० गते खाली हुने २० मध्ये १९ सिटका लागि आज निर्वाचन भएको हो । निर्वाचनमा विभिन्न दलका ५१ उम्मेदवार रहेका छन् ।

यो पनि…
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको रौनक (तस्वीरहरु)

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : १० बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष