एक सातापछि प्रादेशिक अस्पतालमा सबै सेवा सुचारु « Khabarhub

एक सातापछि प्रादेशिक अस्पतालमा सबै सेवा सुचारु


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रौतहट– करिब एक सातापछि रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ ।

यही ७ माघदेखि आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीबार भएको सहमतिपछि अस्पतालको नियमित अपिडी लगायतको सेवा सुचारु भएको हो ।

अस्पतालको तर्फ बाट ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारिगर्दै सेवा सञ्चालन बारे सार्वजनिक गरेको छ।

तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो ।

अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए ।

६  माघ अस्पताल सञ्चालन तथाव्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको सार्वजनिक गरेका थिए।

प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले बताएका थिए।

प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले  विगत ७  महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको एकजना डाक्टर चन्दन सहनीले बताएका छन् ।

मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर  सहनीले जानकारी दिएका छन् ।

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमिले बताएका छन् ।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै  मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए ।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ ।

मेडिकल सुपरिटेन्डेण्ट कृष्ण  साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरे पनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमीले बताए ।

संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन् ।  सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हासमीको माग छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई