‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो « Khabarhub

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारमा पक्राउ गरी आज नेपाल ल्याइएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई इन्टरपोल दोहाको सहयोगमा कतारमा पक्राउ गरी उक्त मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । त्यसपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ८ : ३३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको