पर्यटनमन्त्रीलाई सांसद खतिवडाको कटाक्ष- आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी बन्न खोज्नुभएको ? « Khabarhub

पर्यटनमन्त्रीलाई सांसद खतिवडाको कटाक्ष- आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी बन्न खोज्नुभएको ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयले सुरु गरेको नयाँ जहाज खरिद प्रक्रियामा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री काम गर्न भन्दा धेरै प्रचारबाजीमा लागेको आरोप लगाए ।

दिनदिनै कमजोर बन्दै गएको नेपाल एयरलाइन्सलाई व्यवस्थित ढंगले चलाउनुपर्नेमा पर्यटनमन्त्री भने कमिसनका लागि नयाँ विमान खरिदको चलखेलमा लागेको अरोप लगाएका हुन् ।

विश्वका अरू देशमा फेजआउट भएको र उत्पादनसमेत बन्द भएकोे पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदन किराती लागेको उनले बताए । अध्ययन समितिले पनि किन्न नसक्ने अवस्था रहेको छ भनिरहँदा पनि मन्त्रीले खरिद प्रकृया सुरु गरेको सांसद खतिवडाले तर्क गरे ।

सांसद खतिवडाले यसअघि खरिद गरेको वाइड बडी र न्यारोबडी जहाजको व्याज तिर्न नसक्ने अवस्थामा नेपाल एयरलाइन्स रहेको दाबी गरे ।
मन्त्री किराँती ठोस काम भन्दा पनि प्रचारमुखी काममा लागेको सांसद खतिवडाको भनाइ थियो ।

उनले भने ‘मन्त्री क्यामरा र झाडु बोकेर मन्त्रालय पुगेका छन् । आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी मन्त्री खोजिरहनुभएको छ । तर गर्नुपर्ने सुधारको काम गरेको छैन’ । मन्त्री किरातीले कमिसनको खेलमा लाग्दा ऐतिहासिक क्षेत्र लुम्बिनीमा पनि विवादित व्यक्ति नियुक्त गरेको सांसद खतिवडाको आरोप थियो ।

हजारौं स्थायी कर्मचारी रहेको विमानस्थलमा ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको भन्दै उनले मन्त्री किरातीको आलोचना गरे । सरकारका जिम्मेवार मन्त्री करोडौं करोडको चलखेलमा लाग्दा नागरिकमा निराशा बढेको उनको भनाई छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ५३ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली