पर्यटनमन्त्रीलाई सांसद खतिवडाको कटाक्ष- आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी बन्न खोज्नुभएको ? « Khabarhub

पर्यटनमन्त्रीलाई सांसद खतिवडाको कटाक्ष- आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी बन्न खोज्नुभएको ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयले सुरु गरेको नयाँ जहाज खरिद प्रक्रियामा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री काम गर्न भन्दा धेरै प्रचारबाजीमा लागेको आरोप लगाए ।

दिनदिनै कमजोर बन्दै गएको नेपाल एयरलाइन्सलाई व्यवस्थित ढंगले चलाउनुपर्नेमा पर्यटनमन्त्री भने कमिसनका लागि नयाँ विमान खरिदको चलखेलमा लागेको अरोप लगाएका हुन् ।

विश्वका अरू देशमा फेजआउट भएको र उत्पादनसमेत बन्द भएकोे पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदन किराती लागेको उनले बताए । अध्ययन समितिले पनि किन्न नसक्ने अवस्था रहेको छ भनिरहँदा पनि मन्त्रीले खरिद प्रकृया सुरु गरेको सांसद खतिवडाले तर्क गरे ।

सांसद खतिवडाले यसअघि खरिद गरेको वाइड बडी र न्यारोबडी जहाजको व्याज तिर्न नसक्ने अवस्थामा नेपाल एयरलाइन्स रहेको दाबी गरे ।
मन्त्री किराँती ठोस काम भन्दा पनि प्रचारमुखी काममा लागेको सांसद खतिवडाको भनाइ थियो ।

उनले भने ‘मन्त्री क्यामरा र झाडु बोकेर मन्त्रालय पुगेका छन् । आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी मन्त्री खोजिरहनुभएको छ । तर गर्नुपर्ने सुधारको काम गरेको छैन’ । मन्त्री किरातीले कमिसनको खेलमा लाग्दा ऐतिहासिक क्षेत्र लुम्बिनीमा पनि विवादित व्यक्ति नियुक्त गरेको सांसद खतिवडाको आरोप थियो ।

हजारौं स्थायी कर्मचारी रहेको विमानस्थलमा ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको भन्दै उनले मन्त्री किरातीको आलोचना गरे । सरकारका जिम्मेवार मन्त्री करोडौं करोडको चलखेलमा लाग्दा नागरिकमा निराशा बढेको उनको भनाई छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ५३ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ