बाजुराका १३ हजार बालबालिकालाई खोप लगाइँदै « Khabarhub

बाजुराका १३ हजार बालबालिकालाई खोप लगाइँदै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाजुरा- सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–रुबेला रोग निवारण खोप अभियान आजदेखि फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयमसेविका र स्वयम्सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । उनका अनुसार अनुसार जिल्लाका एक सयभन्दा बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवक पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । देशव्यापी रुपमा सञ्चालन हुने अभियान आजदेखि चैत ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।

अभियान प्रत्येक चार वर्षमा सञ्चालन हुन्छ । केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरे पनि जिल्लामा एकैसाथ अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । खोप नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ । खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् ।

तीन दिनसम्म तोकिएको स्थान र नभएसम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुराका १३ हजार नौ सय ४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाइ छ । यसका लागि जिल्लाका एक सय ६५ वटा खोप केन्द्रमा एक सय ६५ जना स्वास्थ्यकर्मी र दुई सय ३० जना स्वयंसेवक खटिएका छन् ।

जिल्लामा ९७ प्रतिशत बढी बालबालिकाले खोेप सेवा पाएकोमा यस पटक त्यसलाई समेत बढाउने र शतप्रतिशत लक्ष्य हासिल गर्ने गरी तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए । खोप सेवा लिने बालबालिकाको सङ्ख्या सबैभन्दा बढी बूढीगङ्गानगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार नौ जना छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ३८ बजे

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष