‘शिक्षा सुधारे विमानस्थलको भीड घट्छ’ « Khabarhub

‘शिक्षा सुधारे विमानस्थलको भीड घट्छ’


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाइ शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने उनको भनाइ छ । “हिजोआज समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा अलपत्र परेका, विदेशमा मृत्यु भएका समाचार धेरै आउने गरेका छन्”, शिक्षाविद् केसीले भने, “युवापुस्ता विदेशिने क्रम बढ्नु, हाम्रो शिक्षा प्रणालीले रोजगारी पाउने खालका जनशक्ति उत्पादन नगर्नु नै हो । ती समाचारका कारण पनि शिक्षा प्रणाली हो ।”

शिक्षा प्रणाली सुधार गरी व्यावहारिक र रोजगारमुखी शिक्षा दिन सके विमानस्थलको भीड घट्ने उनले दाबी गरे । बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन ‘राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन’ सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा केसीलगायत शिक्षा क्षेत्रका जानकारको उपस्थिति थियो । सम्मेलनमा आएका धेरैले शिक्षा प्रणालीका कारण युवा विदेश जान बाध्य भएका भन्दै चिन्ता व्यक्त गरे ।

“नेपालीले एक सय ७१ देशमा काम गरिरहेका छन् । तर आफैँ देश बनाउन काम गरेनन्”, केसीले भने, “अहिले दैनिक युवा विदेशिरहेका छन् । मुलुकका १८ विश्वविद्यालय खाली हुँदै गएका छन् ।” शिक्षालाई सीप र सीपलाई स्वरोजगारीसँग जोड्नुपर्ने तर्क पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा प्रेमनारायण अर्यालले गरे । “हामीले विद्या दिएनौँ । शिक्षा दिन थाल्यौँ । विद्या दिएको भए नम्र र चरित्रवान हुने थिएँ,” उनले भने, “शिक्षालाई सीपसँग जोडनुपर्‍यो । विद्या र शिक्षालाई सँगसँगै लैजाने शिक्षा प्रणालीको विकास गर्नुपर्छ ।”

अर्यालले राजनीति भनेको राम्रो नीति बनाउने भए पनि झगडा गराउने नीति जस्तो बनाइएको बताए । “राजनीति भनेको राम्रो नीति हो । उच्चतम नीति हो । यहाँ राजनीति भनेको झगडा गराउने नीति भएको छ”, उनले भने । विश्वविद्यालय राजनीतिक भर्ना केन्द्रका रुपमा विकास भएकामा अर्यालले चिन्ता व्यक्त गरे । तोडफोड र अनुशासन उलङ्घन गर्नेहरु नै नीति बनाउने ठाउँमा पुग्ने गरेका उनको जिकिर थियो ।

धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्यायले मातृभाषा र स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा विद्यार्थीलाई मुलुकमा रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे । समय र सन्दर्भ अनुसार पाठ्यक्रम परिवर्तन गरेर जनशक्ति सीप सिकाएर लाई यही प्रयोग गर्नुपर्ने उनको धारणा छ । सम्मेलनमा प्राध्यापक डा विद्यानाथ कोइरालाले सोच एउटा बोक्ने काम अर्को गर्ने प्रवृत्तिका कारण वर्तमान शिक्षा प्रणालीमा समस्या देखिएको बताए ।

उनले विशवविद्यालयका प्रमुखमा अन्तरदलीय चिन्तन बनाउँन नसक्दा समस्या भइरहेको उल्लेख गरे । “अन्तरदलीय सरकार हुन्छ”, प्रा डा कोइरालाले भने ,“अन्तरदलीय चिन्तन बनाउने नेतृत्व हुँदैन । समस्या त्यहीबाट भइरहेको हो ।” उनले अहिलेका बालबालिकाको शक्ति प्रविधि भएकाले प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने बताए ।

“अहिलेका बालबालिकालाई प्रविधिसँग अभ्यस्त बनाउने किसिमको शिक्षा दिनुपर्छ । अलिकति किताबसँग, अलिकति जिन्दगीसँग र अलिकति आफ्नै अनुभूतिसँग जोडिदियो भने गतिलो अनुसन्धानकर्ता बन्छन् । अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय जगतमा काम गरेर मनग्य आम्दानी गर्न सक्छन्”, प्रा डा कोइरालाले भने, “अहिले पुस्तक बोकेर हिँड्ने भन्दा पनि ज्ञान कम्प्युटरमा सबै हुन्छ । यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सिक्नुपर्छ । शिक्षक र शिक्षामा लाग्नेले यसको प्रयोगमा ध्यान दिनु आवश्यक छ ।”

संस्कारसहितको शिक्षा अभियन्ता अन्जु भट्टराईले अहिले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताइन् । उनले नयाँ लक्ष्य, उद्देश्य र संस्कारसहितको प्रविधिसँग जोड्ने शिक्षा दिनु अहिलेको आवश्यकता रहेको बताइन् । मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भइरहेको छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक विविध कार्यक्रम र सम्मेलन हुँदै आएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ०७ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर