गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार « Khabarhub

गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले दोस्रो पत्र पठाएपछि मिटरब्याज तथा लघुवित्तपीडितहरु छलफलका लागि राजी भएका छन् । उनीहरु आजै छलफलका लागि जाने तयारीमा छन् ।

गृहले पठाएको पहिलो पत्र अव्यवहारिक भएको र समस्या समाधान उन्मुख नभएको भन्दै उनीहरुले छलफलमा बस्न अस्वीकार गरेका थिए । दोस्रो पत्र आएपछि भने उनीहरु छलफलका लागि सकारात्मक भएका हुन् ।

पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा सात सदस्यीय वार्ता टोली गठनको तयारी भइरहेको प्रवक्ता निर्ग नवीनले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘वार्ताका लागि हामी तयार भएका छौं । वार्ता टोली गठनको तयारीमा छौं । आजै छलफलमा जाने भन्ने हाम्रो तयारी छ ।’

देशैभरका मिटरब्याजी र लघुवित्तपीडित २७ दिन हिँडेर काठमाडौं आएका छन् । हजारको संख्यामा आएका उनीहरु काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ३१ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,