रास्वपाका सांसदले गरे वीर अस्पतालको अनुगमन, के भएको रहेछ ? « Khabarhub

रास्वपाका सांसदले गरे वीर अस्पतालको अनुगमन, के भएको रहेछ ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले वीर अस्पतालको अनुगमन गरेका छन् । आइतबार सामाजिक सञ्जालमा पोस्ट गदै सांसद सोबिता गौतमले आफूसहित सांसदहरु तोसिमा कार्की र हरि ढकालले वीर अस्पतालको अनुगमन गरेको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमार्फत् सांसद गौतमले वीर अस्पतालको आईसीयूमा बेड र भेन्टिलेटरहरु भएतापनि प्रयोग नगरिएको र बेड छैन भनि बिरामी फर्काउने गरिएको गुनासो अत्याधिक आएपछि आफूहरु वस्तुस्थिती बुझ्न वीर अस्पताल गएको जानकारी दिएकी हुन् ।

अनुगमनका क्रममा मेडिकल आईसीयू ८ बेडमध्ये ६ मात्र प्रयोगमा रहेको, सर्जिकल आईसीयूका १८ बेडमध्ये ८ मात्र प्रयोगमा रहेको, रेस्पी आईसीयू मा एसी बिग्रिएकाले बिरामीको तापक्रममा समस्या रहेको पाइएको उनले बताइन् ।

त्यसैगरी, अनुगमनका क्रममा न्युरो आईसीयू मा ९ बेडममध्ये ५ वटा मात्र प्रयोगमा रहेको, ग्यास्ट्रो, हेपाटो आईसीयूमा ११ बेड भएपनि पूरै कक्षमा नै ताल्चा लगाइएको र अपरेसन कक्षहरु पनि केहीमात्र सञ्चालनमा रहेपनि केही थन्किएको पाइएको उनले जानकारी दिइन् ।

सामाजिक सञ्जालमा उनले अगाडि लेखेकी छिन्, ‘देशको सबैभन्दा पुरानो, ठूलो र अधिकांश बिरामी आउने अस्पतालको यो हविगत किन छ ? आईसीयू बेड र भेन्टिलेटरहरु बन्द गरेर राखिएको यता बिरामी भने आईसीयू नपाएर मरिरहेका छन् ।

‘कारण जनशक्ति नभएर । कार्तिकमा करारका २७६ स्वास्थ्यकर्मीलाई निकालिएको रहेछ र तत्पश्चात नयाँ व्यवस्थापन नगरिएकोले ४–५ महिना देखि यो गम्भिर समस्या आएको रहेछ। यता स्वास्थ्यकर्मिहरु बेरोजगार ! अनि यता चाहीँ अभाव ।’ उनले लेखेकी छिन्, ‘काम गरिरहेका स्वास्थ्यकर्मी पनि हतोत्साहित, आईसीयूहरु बन्द, बिरामीहरु अलपत्र !! कस्तो नालायकीपन सरकारको ?? स्वास्थ्य मन्त्रीले तत्काल जनशक्ति थप्नुपर्यो हैन भने स्वास्थ्य क्षेत्र धरापमा छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ४५ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका