कान्तिमा उपचार नगरी फर्काइएकी बालिका सेन्जलको निधन « Khabarhub

कान्तिमा उपचार नगरी फर्काइएकी बालिका सेन्जलको निधन


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया सेन्जल शाहीको मृत्यु भएको छ ।

उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको लक्ष्मण दत्त सुवेदीले बताएका छन् । गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ । 

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पीआइसियू बेड खाली नभएको उनीहरूको दाबी छ । 

‘कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आइतबार राति निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन ।’

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए । तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएको थियो । 

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ५६ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा