कान्तिमा उपचार नगरी फर्काइएकी बालिका सेन्जलको निधन « Khabarhub

कान्तिमा उपचार नगरी फर्काइएकी बालिका सेन्जलको निधन


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया सेन्जल शाहीको मृत्यु भएको छ ।

उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको लक्ष्मण दत्त सुवेदीले बताएका छन् । गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ । 

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पीआइसियू बेड खाली नभएको उनीहरूको दाबी छ । 

‘कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आइतबार राति निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन ।’

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए । तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएको थियो । 

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ५६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६