सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा « Khabarhub

सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

तेहरान– सोमालियाले इरानमा थुनामा रहेका ३३ जना इरानी मछुवा र डुङ्गा चालकलाई रिहा गरेको सरकारी समाचार संस्था इरनाले आइतबार जनाएको छ ।

केन्याका लागि इरानका राजदूत अली घोलमपुरले रिहा भएका इरानीहरूलाई आफ्नो देशमा स्थानान्तरण गर्न लागिएको जानकारी दिँदै सोमालियाका अधिकारीहरूले वर्षौँको कूटनीतिक गतिरोधपछि इरानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने प्रक्रियामा अघि बढ्न तत्परता व्यक्त गरेको बताए। 

घोलमपुरले सोमालियाले इरानी नाविक र मछुवाहरूको रिहाइले द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्न सकारात्मक वातावरण सिर्जना गर्न र इरान र सोमालियाबीच रचनात्मक अन्तरक्रिया र संवादका लागि मार्ग प्रशस्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘दुबै पक्षको एजेन्डामा प्राथमिकताहरू मध्ये एक मत्स्य सहयोग सम्झौताको मस्यौदा गर्नु हो जसले द्विपक्षीय हितको रक्षा गर्न सक्छ र सोमालियाद्वारा इरानी माछा मार्ने जहाजहरूको कब्जाको पुनरावृत्ति रोक्न सक्छ ।’

इरानका अनुसार सन् २०२३ को ग्रीष्मऋतुमा सोमालियाले इरानीहरूलाई वैध अनुमतिबिना हिन्द महासागरमा काम गरेको आरोपमा पक्राउ गरेको थियो र पछि उनीहरूलाई ६ वर्षको जेल सजाय र लाखौं अमेरिकी डलर जरिवानाको सजाय सुनाएको थियो ।

सन् २०१६ मा ‘सोमालियाको आन्तरिक मामिलामा इरानको निरन्तर हस्तक्षेप’ को कारण देखाउँदै सोमालियाले इरानसँग सम्बन्ध तोडेको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : २० बजे

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई