नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मु « Khabarhub

नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मु


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– होली पर्वले मानिसमा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिने भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले बताएकी छन्।  

हर्षोल्लासका साथ रङ खेलेर मनाइने होली पर्व भारतमा यो वर्ष मार्च २५  परेको छ । पर्वको सुरुवात ‘होलिका दहन’ भनिने आगो जलाउने अनुष्ठानसहित गरिन्छ जसले राक्षस होलिकालाई जलाएको सन्दर्भलाई संकेत गर्दछ ।  

यो पर्व भगवान कृष्ण प्रति समर्पित छ जसले उत्तर प्रदेशको ब्रज नामक क्षेत्रमा धेरै समय बिताएको विश्वास गरिन्छ । यसले होलीको भावनालाई मात्र नक्कल नगरी राधा र कृष्णको कालातीत प्रेमको प्रतिरूप पनि झल्काउँछ । 

राष्ट्रपति मुर्मुले होली पर्वको पूर्वसन्ध्यामा आइतबार एक सन्देश जारी गरी देश विदेशमा रहेका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना दिएकी छन्। सन्देशमा उहाँले रङहरू खेलेर मनाइने यो पर्वले आपसी एकता र भाइचाराको भावनालाई जागृत गर्ने बताइन्। 

राष्ट्रपति मुर्मुले आफ्नो सन्देशमा होली पर्व एउटा जीवन्त र उल्लासपूर्ण पर्व भएकाले यसले मानव जीवनमा आशा र उत्साह जगाउने बताइन् ।  होलीका विभिन्न रङहरू देशको विविधताको प्रतीक भएको बताउँदै होली पर्वले जनतामा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिई सांस्कृतिक मूल्य मान्यतालाई सुदृढ बनाउन नागरिकलाई प्रेरणा दिने उल्लेख गरिन् ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि होलीको अवसरमा एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई बधाई तथा शुभकामना दिएका छन् । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ४४ बजे

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली