एनिमेसन फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक | Khabarhub Khabarhub

एनिमेसन फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनिमेसन प्रविधिबाट पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले दन्तेकथामा फिल्म निर्माण भएको जानकारी दिएको छ । 

निर्देशक तेजश जोशी फिल्मबारे जानकारी दिँदै भन्छन्, ‘यो फिल्म मुख्यतः राजकुमारी सलिनाको कथा हो । असाधारण उद्देश्यले उनको जन्म भएको हुन्छ । उनी अरू पात्रहरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् ।’

रेनमेकर एनिमेसन एकेडेमीले चलचित्र निर्माणको ६ दशकको यात्रामा ऐतिहासिक सुरुवात गरेको हो । लगानी बढी लाग्ने र सानो बजार भएकाले नेपाली निर्माताहरुको एनिमेस फिल्ममा आकर्षण छैन । 

यो फिल्मको शतप्रतिशत प्राविधिक काम नेपालमा नै गरेको निर्माण पक्षको दाबी छ ।  फिल्म चैत १६ गतेबाट प्रदर्शनमा आउँदै छ । 

यो फिल्मका निर्माता तेजस राज जोशी र श्रुति श्रेष्ठ हुन् । चलचित्रको सम्पादन शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । चलचित्रको ग्राफिक कलाकारहरूमा सगिन महर्जन, अविनाश सिंह थारूशिरभा मानन्धर रहेका छन् । 

यो चलचित्रमा पाश्र्व आवाज दिने कलाकारहरू, सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस