खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ? « Khabarhub

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउने गरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सुप किन खाएको होला त ? आज हामी यसैका बरेमा चर्चा गर्नेछौँ ।

सुप खाना पचाउन, मुखको दुर्गन्ध हटाउन मात्र यो खाने भन्ने पनि धेरैको बुझाइ रहन्छ तर यो क्याल्सियम, सोडियम, आइरन, पोटासियमको स्रोत पनि हो ।

खाना खाइसकेपछि सुप चपाउनुका फाइदाहरू

कब्जियतबाट राहत : कब्जियतको समस्या हुन दिँदैन । यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट पनि राहत दिन्छ ।

आँखाको रोशनी बढाउन : यसको सेवनद्वारा आँखाको रोशनी बढाउन सकिन्छ । सुप तथा मिस्रीको चूर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

पखाला कम गर्न : पखाला लागेमा सुपको सेवन उत्तम मानिन्छ । बेलको गुदीसित बिहान बेलुकी चपाएको खण्डमा अजीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

खोकीको समस्या कम गर्न : खोकीमा पनि यो निकै उपयोगी मानिन्छ । यसको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमशः हटेर जान्छ ।

पाचकको काममा : खाना खाइसकेपछि सुप खानाले खाना राम्ररी पच्छ । सुपलाई जिरा तथा कालो मरिचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको काम गर्छ ।

पेटको दुखाई कम गर्न : पेटसम्बन्धी समस्या होस् वा पेटको दुखाई । भुटेको सुप चपाएर खाएमा यसले पेटसम्बन्धी समस्या कम गर्नुका साथै दुखाई पनि हटाउँछ । अमिलो पानी वा अमिलो डकार आएमा पनि यसको सेवन लाभदायक मानिन्छ । थोरै सुपलाई पानीमा उमालेर त्यसमा मिस्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

घाँटीको समस्या हटेर जान्छ : स्वर बसेमा सुप चपाएर खाना स्वर खुल्छ । साथै यसको सेवनले छाला चम्किलो बनाउँछ ।

हातखुट्टा पोल्न कम हुन्छ : हातखुट्टा झमझमाएमा वा पोल्ने समस्या भएमा सुप र धनियाँलाई बराबर मिलाएर मिश्रीपानी खानाले हातखुट्टा पोल्ने समस्या बिस्तारै कम हुन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १० : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल