पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो | Khabarhub Khabarhub

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाऊँ, ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रमहरूमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताइन् ।

उनले स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्ध भत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रूपमा रहेको भन्दै ज्येष्ठ नागरिकहरूको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको धारणा राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको भन्दै मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताइन् ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा बुझ्न आवश्यक रहेको बताए ।

उनले अधिकारी शासन सत्तामा रहँदा मात्र नभई प्रतिकूल अवस्थामा समेत स्थिर रहेको र कम्युनिष्ट आन्दोलनभित्र देखा पर्ने कुनै पनि अतिवादमा नपरेको उनले स्मरण गरे। अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उनको धारणा छ।

स्मृति दिवसको अवसर पारेर मनमोहन प्रतिष्ठानले काठमाडौंका ज्येष्ठ नागरिकहरूलाई धार्मिक र सांस्कृतिक भ्रमणमा लगेको छ । सो टोलीलाई पूर्वराष्ट्रपति भण्डारीले बिदाइ गरिन् ।

स्वर्गीय मनमोहन अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्षका रूपमा चिनिन्छन् । उनको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  २ : ३८ बजे

उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूको भेट : काम गर्दा भोगेका समस्या समाधान गरिदिन आग्रह 

काठमाडौं– भूमि समस्या समाधान आयोगका ३ दर्जन बढी जिल्ला अध्यक्षहरूले

रविपत्नी निकिताको आरोप- गृहमन्त्रीको निर्देशनमा अदालतको आदेश रोकियो, अन्तर्राष्ट्रिय अदालत जान्छु

काठमाडौं– सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक

घर डुबान हुँदा वादी समुदायको बिचल्लीमा

लम्की– वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका