‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार | Khabarhub Khabarhub

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

दुबै हात्ती कतारले वातानुकूलित कक्षमा राख्ने


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

तस्बिरः कृष्ण आचार्य/रासस

काठमाडौं – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राजकीय भ्रमण क्रममा नेपाल आउँदा सरकारले दुईवटा हात्ती उपहार दिने घोषणा गर्‍यो । नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो ।

दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) का प्रकृया पूरा गरेपछि नेपालले चितवन राष्ट्रिय निकुञ्‍जमा रहेका भाले छावा खगेन्द्रप्रसाद र पोथी छावा रुद्रकलीलाई कतारको जिम्मा लगाउनेछ ।

नेपाल र कतार दुवै मुलुक साइटिस अभिसन्धिका पक्षधर मुलुक हुन्‌ । वन तथा वातावरण मन्त्रालयका अनुसार साइटिस मुख्यालयले अनुमतिपत्र दिएपछिमात्र चितवनबाट खगेन्द्र र रुद्रकलीलाई दोहा पुर्‍याउन सकिनेछ ।

२०७६ साल माघमा जन्मिएका खगेन्द्रलाई आमा कोसीकलीले जन्म दिएकी हुन् । पाँच वर्षदेखि उनलाई माउते जदुसिंह थारुले हुर्काइरहेका छन् ।

खगेन्द्र हात्ती प्रजनन् तथा तालिम केन्द्रमा पर्यटकको आकर्षणको केन्द्रमध्ये एक हुन् । उनले पर्यटकलाई फूलमाला लगाएर आर्शिवाद दिनुका साथै नमस्कार र ढोगसमेत गर्छन् ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर कार्यालयको हात्तीसारमा रहेकी रुद्रकली पनि साढे पाँच वर्षकी भइन् । उनलाई पूजाकलीले जन्म दिएकी हुन् । उनी जन्मिएको ३ महिनामै आमाको मृत्यु भएपछि टुहुरी भइन् ।

उनलाई आमाको अभावमा असहज नहोस् भनेर दुई माउते राखिएको छ । विजयदास थारु र रामदत्त चौधरीले उनलाई निकै माया गरेर हुर्काएका हुन् ।

खगेन्द्र र रुद्रकली उस्तै उमेरका छन् । रुद्रकलाले सानै उमेरमा धेरै कुरा सिकिसकेकी उनका माउतेहरु बताउँछन् । भन्छन्, ‘उनी निकै निडर स्वभावकी छिन्, गैँडा र बाघसँग पनि डराउँदिनन् ।’ साथै, उनी निकै इमान्दार रहेको र भनेको मान्ने माउते बताउँछन् ।

दुवैजना स्वस्थ्य, इमान्दार, निपूर्ण र राम्रो स्वभाव भएकाले विदेशमा पनि सहज रूपमा बस्न सक्ने उनीहरुको भनाइ छ । गत वर्षको तालिममा उनीहरू दुवै उत्कृष्ट भएका थिए । अब उनीहरुलाई पर्यटकले देख्न पाउने छैनन् । नेपाल सरकारले कतारका राजालाई हात्ती उपहार दिने निर्णय गरेसँगै उनीहरूको कतार यात्रा लगभग निश्चित भएको हो ।

चितवन पनि गर्मी ठाउँ हो । कतारको तुलनामा चितवन निकै शीतल छ । तर यी हात्ती गर्मीमा पनि बाँच्न सक्छन्‌  

उपहारमा राम्रो हात्ती दिने सरकारको आदेश अनुसार उनी रोजाइमा परेका हुन् । सरकारले खगेन्द्र र रुद्रकलीसँगै माउतेहरूलाई पनि कतार पठाउने तयारी गरेको छ ।

संरक्षण कूटनीतिमा जोड दिँदै नेपालले कतारलाई हात्ती उपहार दिन लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । हात्तीलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धमा बुझ्न कतारी अधिकारी पनि नेपाल आइसकेका छन् । नेपाली अधिकारीहरूले पनि खगेन्द्र र रुद्रकलीलाई राखिने दोहा चिडियाखाना अवलोकन गरिसकेका छन्‌ ।

कतारसम्म कसरी पुर्‍याइन्छ हात्ती ?

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चितवनदेखि कतारसम्म हात्ती लैजान सबैभन्दा पहिले विशेष खोर बनाइन्छ । उक्त खोरमा हात्तीलाई राखेर ट्रकमा चढाइन्छ । खगेन्द्र र रुद्रकली तालिमप्राप्त भएकाले आफैँ गाडीमा चढ्न सक्छन्‌ ।

खगेन्द्रको तौल ११ सय ९० केजी छ । रुद्रकली १२ सय केजी छिन्‌  । हात्तीलाई जहाजमा पनि ट्रकमै झैं राखिन्छ  

स्थानान्तरण गर्दा गैँडा र बाघलाई जस्तो हात्तीलाई बेहोस बनाउनुपर्दैन । जङ्गली नभई मानिसले स्याहार गरेको हात्ती दिन लागिएकाले उनीहरूलाई अन्य स्थिति ननिम्तिए सामान्य अवस्थामै दोहा पुर्‍याइनेछ ।

तर खगेन्द्र र रुद्रकली केही ठूला भइसकेकाले उनीहरूलाई राख्ने खोर केही साँघुरो हुनेछ । कतार पुर्‍याएर खोर नखोलुञ्‍जेल उनीहरू खासै चल्न चट्पटाउन पाउने छैनन्‌ । तर माउते उनीहरूसँगै हुन्छन्‌ । ढुवानीको अवस्थाअनुसार माउतेले उनीहरूलाई बेला–बेलामा फकाउँदै र फुलाउँदै कतार पुर्‍याउनेछन्‌ । खगेन्द्र र रुद्रकलीले माउतेले भनेको खुरुक्क मान्छन् । मानिससँगको सम्बन्धमा खगेन्द्र र रुद्रकली सबैभन्दा उत्कृष्ट हुन्‌।

हात्तीलाई जहाजमा पनि ट्रकमै झैं राखिन्छ । हात्तीलाई पहिले खोरमा राखिन्छ, त्यसपछि कार्गो जहाजमा चढाइन्छ । चितवनबाट सडकमार्गबाट काठमाडौं पुर्‍याउँदा जति समय लाग्छ – काठमाडौंबाट जहाजमा राखेर दोहा पुर्‍याउँदा त्यो भन्दा कम समय लाग्छ ।

खगेन्द्रको तौल ११ सय ९० केजी छ । रुद्रकली १२ सय केजी छिन्‌ । नेपालमा रहेका ‘एसियाटिक’ हात्तीको उमेर ७० देखि ८० वर्ष अनुमान गरिन्छ । यस हिसाबले पनि खगेन्द्र र रुद्रकली अबको कम्तिमा ६५ वर्षसम्म दोहामा पर्यटकको आकर्षण बनिरहनेछन्‌ ।

चितवन पनि गर्मी ठाउँ हो । कतारको तुलनामा चितवन निकै शीतल छ । तर यी हात्ती गर्मीमा पनि बाँच्न सक्छन्‌ । सम्पन्न राष्ट्र कतारसँग हात्तीलाई सन्तुलित वातावरण बनाउन पर्याप्त स्रोतसाधन रहेकाले खगेन्द्र र रुद्रकलीलाई खासै गाह्रो पर्ने छैन ।

कतारले हिमालमा पाइने वन्यजन्तु समेत वातानुकूलित कक्ष तयार गरी राखिरहेको छ । चितवनमा हुर्केका हात्तीका लागि पनि उनीहरूले उचित वातावरण दिनेमा आफूहरू ढुक्क रहेको संरक्षण अधिकृत पुनले बताए ।

हालसम्म उपहारमा ४७ वन्यजन्तु

नेपालले हालसम्म विभिन्न देशहरूलाई ४७ वटा वन्यजन्तु तथा अखेटोपहार दिइसकेको छ । १२० वटा घडियाल र मगरगोहीको अण्डा पनि उपहार पठाएको छ । उपहारमा २६ वटा गैंडा पठाइसकेको नेपालले हात्ती भने पहिलोपटक दिन लागेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य-सचिव शरद अधिकारीले कतारी राजाले नेपालबाट तत्कालै हात्ती नपाउने बताए । ‘नेपाल सरकारले हात्ती उपहार दिने निर्णय गरेको हो, तर भोलि नै दिएर पठाउने भनेको होइन,’ उनले भने ।

‘राजालाई हात्ती उपहार दिने कागज दिइएको छ । हात्ती दिएर पठाउने मिति तय भैसकेको छैन ।’ मिति तय भैसकेपछि चितवनबाट हात्ती ल्याएर केही समय काठमाडौंमा राख्नुपर्ने उनले बताए ।

जनावरलाई एक ठाउँबाट अर्को ठाउँमा लैजादा तर्सिन्छन् । नयाँ ठाउँलाई पनि उनीहरुले सहज मान्दै गएपछि बल्ल अर्को नयाँ ठाउँमा स्थानान्तरण गर्नुपर्ने हुदाँ हात्ती केही दिन काठमाडौंमा रहने अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ४८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य