कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद « Khabarhub

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएका हुन् ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप उनलाई लागेको थियो ।

२६ असोज २०७६ मा  पक्राउ परेका तत्कालीन अवस्थामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमविरूद्ध प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

घटनाको १२ वर्षपछि प्रहरीले आलमलाई रौतहटस्थित निवासबाटै पक्राउ गरेको थियो ।

घटना?

चुनावको तयारी भइरहेका बेला २०६४ चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भएको थियो ।

विस्फोटमा दुई जनाले घटनास्थलमै ज्यान गुमाए । त्यहाँ १२ जना भन्दा धेरै घाइते भए। घाइतेमध्ये नेपाली र भारतीय नागरिकसमेत थिए । बम विस्फोटको त्यति ठूलो घटनाका कयौँ घाइते लगत्तै गायब भए ।

घटनापछि गायब भएकामध्ये केहीका परिवार प्रहरीमा पुगे । शेख रुक्सना खातुन र श्रीनारायण सिंहले संविधान सभाको चुनावमा उम्मेदवार बनेका आलममाथि हत्या आरोपसहित जाहेरी दिए । त्यसबेला बम विस्फोटबाट घाइते भएका ११ जनालाई आलमले इँटाभट्टा हालेर मारेको आरोप लागेको थियो ।

उक्त उजुरीको लामो समयपछि सक्रिय भएको प्रहरीले संविधानसभा चुनावमा बुथ कब्जा गर्न भारतबाट मान्छे ल्याएर बम बनाउन लगाएको पत्ता लगायो ।

बम बनाउँदा बनाउँदै विस्फोट हुँदा दुई जना घटनास्थलमै मारिए । जसमा ११ जना गम्भीर घाइते भएको खुल्यो । उक्त काण्ड लुकाउन आलमले उनीहरूलाई जिउँदै इँटा भट्टामा हालेर मारेको गाउँलेले बताउँदै आएका थिए। त्यसकै आधारमा अनुसन्धान थालेको प्रहरीले आलमसहितविरुद्ध ज्यान मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ७ : २४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि