डाँडामा लुकेको होमस्टे (फोटो फिचर) « Khabarhub

डाँडामा लुकेको होमस्टे (फोटो फिचर)


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नवलपुर – पूर्वी नवलपरासी (नवलपुर) को उत्तरी भेगमा पर्ने ग्रामीण पालिकामध्ये बुलिङ्टार एक हो। नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङखला अन्तर्गत समुन्द्री सतहदेखि १९ सय ३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्यता रहेको छ।

सुन्दर र शान्त गाउँमा घरबास (होमस्टे) को सञ्चालन २०७३ सालदेखि भएको हो। गाँउ र मगर समुदायलाई जोडेर ‘चुलीबोझा मगर सामुदायिक होमस्टे’ नाम दिइएको छ। पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दूरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ।

बुलिङटार गाउँपालिका वडा नम्बर ४ मा अवस्थित चुलीबोझा सामुदायिक मगर होमस्टेमा मगर संस्कृति झल्किएको देख्न सकिन्छ। होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुबाटै बनेका खानाका परिकारको स्वाद लिन सकिन्छ। कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद यहाँका आकर्षण हुन्। होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घर बनेका छन्। होमस्टेमा तीन वटा हलकोठासहित २४ कोठा रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ।

जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक बास बस्न र रमाइलो गर्न आउने गरेको होमस्टे सञ्चालक हेमलाल बरालको भनाइ छ।

जिल्लाकै अग्लो देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराईबाट गर्मी छल्न होमस्टेमा बास बस्न आउने गरेका छन्। चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो , लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल, पिडालु, भट्ट, गहत लगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि बजारमा बसोबास गर्नेहरु होमस्टेमा पुग्छन्।

मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच , झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ। चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरि, माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृष्यसँगै धौवादीको फलामखानीको डाँडा समेत अवलोकन गर्न सकिन्छ। पाहुनाको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्छन्।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ८ : २३ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७