इटाली युरोकपको अन्तिम १६ मा प्रवेश « Khabarhub

इटाली युरोकपको अन्तिम १६ मा प्रवेश


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको हो ।

खेलमा इटालीका लागि माटिया जाकाग्नी र क्रोएसियाका लुका मोड्रिचले एक–एक गोल गरेका थिए ।

खेलको ५५औँ मिनेटमा मोड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा इटालीका जाकाग्नीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै इटाली ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको छ । शतप्रतिशत नतिजा निकाल्दै स्पेन ९ अंकसहित शीर्षस्थानमा छ । स्पेन यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । क्रोएसियाको २ र अल्बानियाको १ अंक छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ५४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००