विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा « Khabarhub

विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असाञ्ज रिहा भएका हुन् ।

५२ वर्षीय असाञ्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो।

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असाञ्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए । उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । इक्वेडर सरकारले शरण फिर्ता लिएपछि अप्रिल २०१९ मा असान्जलाई बेलायतमा गिरफ्तार गरिएको थियो । 

बिबिसीका अनुसार अब असाञ्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ– ‘जुलियन असाञ्ज स्वतन्त्र भएका छन् ।’

१९०१ दिनको जेलपछि उनी जुन २४ मा बेलमार्श जेलबाट बाहिर आएका छन् । लन्डनको हाइकोर्टले उनलाई जमानत दिएको छ । उनलाई स्ट्यास्टेड विमानस्थलमा रिहा गरिएको हो, जहाँबाट उनले बेलायत छोडेका छन् ।

विकिलिक्सका अनुसार असाञ्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।

जुलियन असाञ्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरूले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार