‘बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन’- प्रधानमन्त्री दाहाल « Khabarhub

‘बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन’- प्रधानमन्त्री दाहाल

१.५ प्रतिशतभन्दा बढी ब्याजको ऋण नलिने तर्क


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआइ)मा तत्काल हस्ताक्षर नहुने बताएका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद्‌हरूको प्रश्नको जवाफ दिँदै दाहालले पहिले बीआरआइ कार्यान्वयन योजनामा योजना आयोग र चीनको समकक्षीको बीचमा गर्ने भनिएको, अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको, तर टुङ्गिइ नसकेको बताएका हुन्‌ ।

‘अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको छ, तर टुङ्गिइसकेको छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले आजै अहिल्यै हस्ताक्षर हुन्छ भनेको छैन ।’

दाहालले बीआरआइमार्फत चीनबाट लिने ऋण या अनुदान सहायतामात्रै नभइ नेपालले अब अनुदानमै जोड दिने दाहालले बताए । ‘हामी अब अनुदान लिने कुरामा नै जाने हो । एडीबी वा विश्व बै‌ंक जो भए पनि, ऋण नै लिए पनि १ वा १.५ प्रतिशतभन्दा बढीमा नजाने भनेको हो । तर हाम्रो जोड चाहिँ अनुदान लिनेमा नै हुन्छ ।’

उपराष्ट्रपति/राष्ट्रपति कार्यालयको खर्चबारे एउटा समझदारी बनाएर जान सकिने, तर अहिले नै त्यसलाई बदल्न सक्ने स्थिति नभएको पनि दाहालले बताए ।

‘बजेट मन्त्रालयगत रूपमा सन्तुलित छैन भन्ने प्रश्न माननीयज्यूहरूले राख्नुभएको छ । मलाई लाग्छ- यस विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइ नै सक्नुभएको छ । त्यसलाई सन्तुलित बनाउने कोसिस भइ नै राखेको छ,’ दाहालले भने ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ५४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको