‘बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन’- प्रधानमन्त्री दाहाल « Khabarhub

‘बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन’- प्रधानमन्त्री दाहाल

१.५ प्रतिशतभन्दा बढी ब्याजको ऋण नलिने तर्क


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआइ)मा तत्काल हस्ताक्षर नहुने बताएका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद्‌हरूको प्रश्नको जवाफ दिँदै दाहालले पहिले बीआरआइ कार्यान्वयन योजनामा योजना आयोग र चीनको समकक्षीको बीचमा गर्ने भनिएको, अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको, तर टुङ्गिइ नसकेको बताएका हुन्‌ ।

‘अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको छ, तर टुङ्गिइसकेको छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले आजै अहिल्यै हस्ताक्षर हुन्छ भनेको छैन ।’

दाहालले बीआरआइमार्फत चीनबाट लिने ऋण या अनुदान सहायतामात्रै नभइ नेपालले अब अनुदानमै जोड दिने दाहालले बताए । ‘हामी अब अनुदान लिने कुरामा नै जाने हो । एडीबी वा विश्व बै‌ंक जो भए पनि, ऋण नै लिए पनि १ वा १.५ प्रतिशतभन्दा बढीमा नजाने भनेको हो । तर हाम्रो जोड चाहिँ अनुदान लिनेमा नै हुन्छ ।’

उपराष्ट्रपति/राष्ट्रपति कार्यालयको खर्चबारे एउटा समझदारी बनाएर जान सकिने, तर अहिले नै त्यसलाई बदल्न सक्ने स्थिति नभएको पनि दाहालले बताए ।

‘बजेट मन्त्रालयगत रूपमा सन्तुलित छैन भन्ने प्रश्न माननीयज्यूहरूले राख्नुभएको छ । मलाई लाग्छ- यस विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइ नै सक्नुभएको छ । त्यसलाई सन्तुलित बनाउने कोसिस भइ नै राखेको छ,’ दाहालले भने ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ५४ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी