आज २०८१ साल साउन १० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १० गते बिहीबारको राशिफल


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १० गते बिहीबार तदनुसार सन् २०२४ जुलाई २५ तारिख। साउन कृष्ण पक्षको चौंथी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

वृष : दिन रमाइलो बन्नेछ। आर्थिक समस्याको समाधान हुने दिन छ। वैदेशिक क्षेत्रको प्रयासबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

मिथुन : सामाजिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ। आफू भित्र भएको प्रतिभाको प्रदर्शन गर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा मिल्नेछ। परिवारमा खुशी प्राप्त हुने हुँदा दिन रमाइलो बन्नेछ।

कर्कट : अप्रिय शब्दले नजिकका साथी टाढिने जोखिम देखिन्छ। राम्रो भन्छु भन्दाभन्दै नराम्रो शब्द चिप्लिने खतरा रहेकाले बोल्नु अगाडि सोच्नु आवश्यक देखिन्छ। लगानीको क्षेत्रमा भने फाइदा हुनेछ। गुरुबाट उपयुक्त सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझावले महत्त्वपूर्ण काम बन्ने योग छ।

सिंह : दिन राम्रो छ। सोचेको काम बन्नेछ। कृषि क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। बोल्दा ख्याल नगर्ने बानीले परिवारमा असन्तुष्टि बढ्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

कन्या : राजनीतिमा सफलता मिल्नेछ। संगठनमा महत्त्तवपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। सामाज सेवाको अवसर प्राप्त हुनेछ। कर्तव्य बिर्सने जोखिम रहेकाले आम्दानी हुँदै गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

तुला : तपाईंले गरेको कामको जस अरुले लिने जोखिम छ। तपाईंको मर्यादामा धावा बोल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा सफलतामा मिल्नेछ। राजनीतिमा आक्रमण हुने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : हरेक क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ। विदेशको भन्दा स्वदेशको लगानीबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो होला।

धनु : पुराना साथीसँग भेटले खुशी मिल्नेछ। बैद्धिक मित्रको सल्लाह अनुसार गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको सल्लाह अनुरुपम अगाडि बढ्नु बुद्धिमानी मानिने योग छ।

मकर : धन आर्जन गर्ने काममा दिन बित्नेछ। सम्पत्तिले धार्मिक कार्यभन्दा टाढा बस्न मन लाग्ने हुनसक्छ। शनिको दृष्टि योग रहेकाले संकट निरन्तर देखिन सक्छ। परिवारा भने मेलमिलााप हुनेछ।

कुम्भ : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मनमा नकारात्मक भावना बढ्ने देखिन्छ। मन उदास हुनेछ। बिहानै धार्मिक कार्यमा संलग्न भएमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको कामको प्रशंसा हुनेछ। साथीले प्रशंसा गर्नेछन्। राजनीतिमा झुकाब बढ्नेछन्। नयाँनयाँ विचारको विकास हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। संकटमा पनि परिवारको भने साथ मिल्नेछ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ५ : ०२ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ