विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षरोपण « Khabarhub

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षरोपण


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।

जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए ।

काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए ।

महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला, पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ७ : ०८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष