काँकडभिट्टाबाट मात्रै चार अर्बको तरकारी आयात « Khabarhub

काँकडभिट्टाबाट मात्रै चार अर्बको तरकारी आयात


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली भान्सामा भारतीय तरकारीको निर्भरता कस्तो अवस्थामा रहेछ भनेर थाहा पाउन एक वर्षमा पूर्वीनाका काँकडभिट्टाबाट आयात भएको ताजा तरकारीको तथ्यांक हेरे पुग्छ ।

आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका भएर रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ ।

जसमध्ये रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा रु ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी आयात भएको छ ।

त्यसैगरी रु २९ करोड ३२ लाख ४० हजार मूल्य बराबरको १४ हजार ६६२ मेट्रिक टन स्कुस, रु २१ करोड १४ लाख ८० हजार मूल्य बराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र रु। १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको छ ।

तरकारी जस्तै फलफूलमा पनि भारतीय निर्भरता अत्यधिक छ । गत आव २०८०/८१ मा काँकडभिट्टा नाका भएर रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार मूल्य बराबरको ९८ हजार ३९४ मेट्रिक टन ताजा फलफूल भारतबाट आयात भएको छ ।

यसैगरी, रु दुई अर्ब ७७ करोड ३५ लाख ३६ हजार मूल्य बराबरको एक लाख १५ हजार ५६४ मेट्रिक टन आलु भारतबाट आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु ९९ करोड ७८ लाख ४० हजार मूल्य बराबरको २४ हजार ९४६ मेट्रिक टन भुइँकटहर, रु ४२ करोड १५ लाख मूल्य बराबरको लसुन, रु ४५ करोड १६ लाख आठ हजार मूल्य बराबरको तरबुजा र रु ३३ करोड ५२ लाख मूल्य बराबरको ड्रागन फ्रुट भारतबाट भित्रिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १० : ३९ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष