तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण सम्पन्न « Khabarhub

तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण सम्पन्न


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । ७० लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण भएको हो । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ ।

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख सहयोग गरेको छ भने कोषले ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।

मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ ।

छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मत्स्यगन्धाको मूर्ति छ ।

यो मन्दिर दमौली बजारबाट सात किलोमिटर टाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ५६ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न