तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण सम्पन्न « Khabarhub

तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण सम्पन्न


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । ७० लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण भएको हो । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए ।

एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ ।

मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख सहयोग गरेको छ भने कोषले ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।

मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ ।

छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मत्स्यगन्धाको मूर्ति छ ।

यो मन्दिर दमौली बजारबाट सात किलोमिटर टाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ५६ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)