आजपाले बोलायो केन्द्रीय कमिटी बैठक, जनआन्दोलनको रणनीति तय हुने | Khabarhub Khabarhub

आजपाले बोलायो केन्द्रीय कमिटी बैठक, जनआन्दोलनको रणनीति तय हुने


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बस्दै छ ।

बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय हुनेछ । दलाल दल तन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्य योजना समेत पेश गर्दै छन् ।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजना सहित अगाडी बढ्ने बताए । बैठकमा सोही विषय केन्द्रित विषयमा गम्भीर छलफल हुने उनले बताए ।

बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडी बढाउने बारेमा समेत छलफल र योजनाको बनाउने काम हुनेछ ।

यसै गरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै सशक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउन सकेको छैन । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समीक्षा गर्दै अगाडी बढ्ने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रित कार्य विभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रवीन्द्र सिंहले बताए । नेताहरूलाई आन्दोलनको विभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रित नेताहरूको कार्य विभाजन गर्दै सशक्त रूपमा अगाडी बढ्ने उनले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ४० बजे

फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर

कैलाली– धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र

प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन 

कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरूले उद्यमका लागि पेट्रोल

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस