युवा टोली फाइनलमा पुगेपछिको खुसी (तस्बिरहरू) « Khabarhub

साफ यु–२० च्याम्पियनसिप

युवा टोली फाइनलमा पुगेपछिको खुसी (तस्बिरहरू)


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

फाइनलमा पुगेपछि नेपाली युवा टोलीका सदस्यहरू मैदानमै खुसीले झुमे । भुटानविरुद्ध आशातित गतिलो प्रदर्शन गर्न नसके पनि नेपाली टोलीले फाइनल यात्रा तय गरेको छ । फाइनलमा पुगेपछि सातदोबाटोस्थित मैदानमै नेपाली टोलीका सदस्य र अफिसियलहरूले खुसी साटे ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले