युवा टोली फाइनलमा पुगेपछिको खुसी (तस्बिरहरू) « Khabarhub

साफ यु–२० च्याम्पियनसिप

युवा टोली फाइनलमा पुगेपछिको खुसी (तस्बिरहरू)


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

फाइनलमा पुगेपछि नेपाली युवा टोलीका सदस्यहरू मैदानमै खुसीले झुमे । भुटानविरुद्ध आशातित गतिलो प्रदर्शन गर्न नसके पनि नेपाली टोलीले फाइनल यात्रा तय गरेको छ । फाइनलमा पुगेपछि सातदोबाटोस्थित मैदानमै नेपाली टोलीका सदस्य र अफिसियलहरूले खुसी साटे ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै