अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह « Khabarhub

अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न आग्रह गरेका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर उक्त आयोजनामा भएको ढिलासुस्तीलाई चाँडो सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सङ्खुवासभाबाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री खड्काले उक्त आयोजना चाँडो निर्माण भएमा सङ्खुवासभालगायत पूर्वी जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरे ।

उनले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बताए ।

ऊर्जामन्त्री खड्काले परियोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न सरकारले पहल गर्ने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ५१ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका