विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह « Khabarhub

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास, गतिशीलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

भक्तपुरमा आजदेखि सुरु भएको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्‌घाटन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनको सरकार बनेको बताए। 

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘गत निर्वाचनको परिणामले नौ-नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति र भाष्य दिन थाले । त्यसैले राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन  कांग्रेस र एमालेको सरकार बनेको हो ।’

अहिलेको सरकारले जनताको पक्षमा काम गर्न थालेको, संसद्मा अड्किएर रहेका विधेयक पास हुन थालेका भन्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेकाले  व्यवसायीलाई ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे । उपप्रधानमन्त्री सिंहले सरकारले संविधानको मर्म र भावनाविपरीत कुनै पनि निर्णय नगर्ने, संविधानले दिएको कसैको पनि अधिकार नखोस्ने उल्लेख गरे ।

सरकारले कानून बनाउने, कार्यान्वयनमा ल्याउने र देशमा कानुनी राज्यको प्रत्याभूति दिँदै सुशासन कायम राख्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले कानूनी राज्य स्थापित गराउँछ, अरुलाई कानुन लाग्ने तर आफूलाई कानुन नलाग्ने भन्ने हुँदैन, अब मलाई कानुन लाग्दैन भनेर कसैले ठूलो स्वरले उफ्रिएर कराउँदैमा हुँदैन, सबैलाई कानुन बराबर हुन्छ ।’

सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको एक सय आठ रोपनी जग्गामा सबैको आँखा परेको सन्दर्भ कोट्याउँदै उनले चेम्बरले मात्रै होइन, अस्पताल, मेडिकल कलेजलगायत धेरै प्रयोजनका लागि सो जग्गा माग भए पनि स्थानीय जनता, राजनीतिक दल र सरोकार सबै पक्षको छलफलबाट मात्रै यसको निर्णय गरिने बताए। 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : ५८ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज