अन्तर्राष्ट्रिय

समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग

By खबरहब

September 25, 2024

काठमाडौँ– भारतले समुद्री आँधीबाट प्रभावित म्यान्मारलाई सहयोग गर्ने भएको छ । भारतीय नौसेनाले ‘यागी’ नामक समुद्री आँधीबाट प्रभावित म्यान्मारमा मानवीय सहयोग गर्ने भएको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार नौसेनाले मानवीय सहायता र विपद् प्रतिकार्यमा सहयोग गर्न लागेको हो। भारतले अपरेसन सद्भावका नामबाट म्यान्मारसहित भियतनाम, लाओसजस्ता मुलुकमा पनि मानवीय सहायता प्रदान गरेको छ ।

भारतले म्यान्मार र लाओसलाई समान १० टन र भियतनामलाई ३५ टन मानवीय सहायता सामग्री प्रदान गरेको छ ।  भारतीय सहयोगमा पानी शुद्धीकरण सामग्री, कम्बल, भान्साका सामान, सौर्य लालटिन, औषधि, लत्ताकपडा समेत रहेका छन् ।