सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा | Khabarhub Khabarhub

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली कांग्रेस पर्सा कार्यालयको आज यहाँ समुद्घाटन गर्दै उनले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

“सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो”, सभापति देउवाले भने, “यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ । मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौँ ।”

कांग्रेसका सभापति देउवाले फरक प्रसङ्गमा पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको स्मरण गरे । “पर्सा जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला हो । विसं २००७ को क्रान्ति यही ठाउँबाट सुरु भएको हो । थिरबम मल्ल सहिद भएको पनि पर्सा जिल्लामा नै हो”, उनले भने, “वास्तवमा भन्ने हो भने म सुदूरपश्चिमबाट काठमाडौँ आउँदाखेरी यही जिल्ला हुँदै आएको पनि छु । सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै पर्सा आइपुगेको थिए । पर्सा जिल्लाबाट फेरि बस चढेर काठमाडौँ गएको व्यक्ति पनि हुँ ।”

कांग्रेस सभापति देउवाले विद्यार्थी सङ्घको अधिवेशन गराउन पर्सा आउँदाखेरी यहाँको जेलमासमेत बस्नुपरेको स्मरण गरे । “नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्त्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला”, उनले भने, “यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।”

कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको पनि स्मरण गरे । ‘‘उहाँहरुको योगदान र तपस्या निकै ठूलो छ । उहाँहरूकै स्मृतिमा भवन निर्माण गर्नु पक्कै पनि राम्रो कार्य हो”, उनले भने।

कांग्रेस सभापति देउवाले विगतको तुलनामा अहिले सडक र बाटाघाटाको निर्माणमा कनेक्टिभिटिमा पनि सहज भएको बताए । “नेपालमा यातायातको साधनको पहुँच वृद्धि भएसँगै एउटा जिल्लाबाट अर्को जिल्ला मात्रै नभएर एउटा क्षेत्रबाट अर्को क्षेत्रमा पनि जान पनि सहज भएको छ”, उनले भने, “पहिला जस्तो सीमित सडक छैन । अहिले यहाँबाटै पूर्वमा झापा र सुदूरपश्चिमको महेन्द्रनगरसमेत जान सकिने अवस्था भइसकेको छ ।”

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका वडा नं २४ मा निर्माण गरेको आत्मराम ओझा, दुख सहनी स्मृति भवनको उद्घाटन गरिएको हो । सोही भवनमा पार्टी कार्यालय सञ्चालन गरिनेछ । नेपाली कांग्रेस पर्साकाअनुसार सो भवन रु एक करोड २९ लाख लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ५० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं