आज २०८१ साल कात्तिक ९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ९ गते शुक्रबारको राशिफल


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ९ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर २५ तारिख। कात्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधा अष्टमी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : चन्द्रमा गलत ठाउँमा भएकाले सोचेको काम नबन्ने जोखिम छ। ठुलो काममा हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट गरेको काम मात्र बन्ने योग छ। गम्भीर रोगको जोखिम भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ। सुरक्षा क्षेत्रको जिम्मेवारीमा भए बढुवा हुनेछ।

वृष : समाज र परिवारमा थोरै बोलेर जित्ने दिन छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पुरानो रोगले भन्दा नयाँ रोगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुन : धनलक्ष्मी योग रहेकाले लगानीमा हिम्मत गरेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा आस्था घट्ने सम्भावना छ। बन्धुको सहयोगले दिन रमाइलो बन्नेछ।

कर्कट : दिन राम्रो छ। राजनीतिक संगठनमा तपाईंको पहुँच विस्तार हुनेछ। साथीभाइ दाहिना भएकाले काम गर्न सहज वातावरण बन्नेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : वैदेशिक रमझमले मन अशान्त बन्नेछ। मिल्ने साथीसँगको सहकार्य सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम देखिन्छ। परिवारमा मायाले घात गर्ने खतरा छ। व्यापारमा घाटा हुने भएकाले सचेत बन्नुपर्नेछ।

कन्या : अरुलाई भड्काएर दिन सफल बन्नेछ। बन्धुको साथ मिल्नेछ। रोगको उपचारमा भए लाभ लिने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्ने दिन छ।

तुला : प्रतिस्पर्धी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शन गर्ने कुरामा सफलता मिल्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट हुने सहयोगले काम बन्नेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक संगठनमा राम्रो काम गर्ने प्रयास गर्नुपर्नेछ। व्यापारमा हात नबढाएको राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

धनु : आज मनमा खटपटी बढ्नेछ। सोचेको काममा अवरोध हुनेछ। सहकार्यबाट अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। कानुनी पर्खाइमा भए न्याय मिल्ने दिन छ। भाग्यस्थानमा शुभग्रह भएकाले शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। लगानीका क्षेत्र परिवर्तन गर्नुपर्ने देखिन्छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेको छ। मन अशान्त बन्नेछ। लगानीको क्षेत्रमा घाटा हुनेछ। साथीभाइले असहयोग गर्नेछन्। यस्तो अवरोध रोक्न बिहान उठेर शिवको भजन सुन्ने र वरपिपलको दर्शन गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भने मेहनतको फल प्राप्त हुनेछ।

मीन : प्राविधिक शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक संगठनमा तपाईंको नाम रहनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ०२ बजे

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख