भारतको तीन करोड सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस भवन उद्घाटन « Khabarhub

भारतको तीन करोड सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस भवन उद्घाटन


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोडभन्दा बढी लागतमा सम्पन्न परियोजनाको बिहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त उद्घाटन गरे ।

भारत सरकारको अनुदान सहयोग आँबुखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।

आँबुखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो ।

क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र ब्याचलर अफ एजुकेशन (बीएड) विषय अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० विद्यार्थी अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्रा छन् ।

भारतीय दूतावासले भवन निर्माणबाट आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुने विश्वास जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया