बल्छी धुर्बेको सिरियल ‘राधा कृष्ण’को सार्वजनिक समय हेरफेर « Khabarhub

बल्छी धुर्बेको सिरियल ‘राधा कृष्ण’को सार्वजनिक समय हेरफेर


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को लेखन र निर्देशन रहेको सिरियल ‘राधा कृष्ण’को सार्वजनिक समय परिवर्तन भएको छ । यसअघिका ६ एपिसोड शुक्रबार प्रसारण हुँदै आएको थियो ।

प्राविधिक कारण बताउँदै निर्माण पक्षले यस सिरियललाई बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोहीअनुरुप बिहीबार (हिजो) सातौँ एपिसोड सार्वजनिक भएको छ ।

सार्वजनिक समयसँगै निर्माण पक्षले युट्युब च्यानल पनि परिवर्तन गरेको छ ।  बल्छीले यस सिरियललाई आफ्नै आधिकारिक च्यानल ‘बल्छी धुर्बे’ बाट सार्वजनिक निर्णय भएको जानकारी दिए ।

उनी भन्छन्, ‘हाम्रो आन्तरिक कारणले च्यानल परिवर्तन गर्नुपर्ने भयो । पूर्वघोषणा अनुरुपको च्यानलमा प्रकाशन गर्न नसेकेकामा हामी क्षमाप्रार्थी छौं ।’

‘राधा कृष्ण’ माओवादी सशस्त्र संघर्षको घटनामा आधारित कथामा बनेको सिरियल हो । भदौं २८ बाट प्रसारण सुरु भएको यस सिरियलले युट्युबमा दर्शक राम्रो साथ पाएका छन् ।

यस बल्छीसहित पुजन घिमिरे, उत्तम केसी, विशाल पहारी, रोश्नी सापकोटा, सिरु बिष्टलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ११ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले