प्लास्टिकजन्य फोहर नजलाउन आग्रह « Khabarhub

प्लास्टिकजन्य फोहर नजलाउन आग्रह


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।

हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो ।

विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलोलगायत हुन् ।

वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । एक सय ५१ देखि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सयसम्म निकै अस्वस्थ तथा तीन सय एकभन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गरिन्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ । विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ४० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी