आइपिएल: पाँच भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड | Khabarhub Khabarhub

आइपिएल: पाँच भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जेदाह – इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका पाँच खेलाडी महंगोमा बिक्री भएका छन्। ऋषभ पन्त आइपिएल इतिहासकै महँगा खेलाडी बन्दा श्रेयास ऐयार बंकटेस ऐयारले पनि महत्त्वपूर्ण फड्को मारेका छन्।

आइतबार साउदी अरेबियाको जेदाहमा भएको मेघा अक्सनमा लखनउ सुपर जेन्ट्सले २७ करोड भारतीय रुपैयाँमा पन्तलाई टोलीमा आबद्ध गरेको हो। यसैगरी, पन्जाब किङ्सले श्रेयास ऐयारलाई २६.७५ भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ। यो दुवै रकम सन् २०२४ मा मिचेल स्टार्कका लागि कलकत्ता नाइटराइडर्सले खर्चिएको २४.७५ करोडको कीर्तिमान भन्दा बढी हो।

यी दुवै टोली नयाँ कप्तानको पनि खोजीमा रहेका कारण यी दुई खेलाडीलाई महँगो मूल्यमा टोलीमा आबद्ध गराएको हो। ब्याटिङ अलराउण्डर बैंकटेस ऐयारलाई २३ दशमलव ७५ करोड भारतीय रुपैयाँमा कलकत्ताले आबद्ध गराउनु भने सबै भन्दा आश्चर्य हो। सो टोलीले यसअघि ६ खेलाडीलाई रिटेन गरिसकेको थियो। रिटेन भएका खेलाडी मध्य रिंकु सिंह सबै भन्दा बढी १३ करोड भारतीय रुपैयाँमा रिटेन थिए। गत सिजनका अन्य स्टार सुनिल नारायण, वरुण चक्रवर्ती र आन्द्रे रसेल १२ करोड भारतीय रुपैयाँमा रिटेन भएका थिए।

यस सिजनको अर्को आश्चर्य भने युजभेन्द्र चावल बने। उनी प्रति ६ क्लब इच्छुक देखिए। गुजरात टाइटान, चेन्नाई सुपर किङ्स, लखनाउ, रोयल च्यालेन्जर बंगलोर तथा सनराइजर्स हैदरावादले चासो देखाएका थिए। यी सबैलाई पार गर्दै पन्जाबले उनलाई १८ करोड भारतीय रुपैयाँमा आबद्ध गरायो।

आर्शदीप सिंहसमेत पञ्जाबमा १८ करोडमा बिक्री भएका छन् । यसरी हेर्दा महंगो मूल्यको रेकर्ड भारतीय खेलाडीले नै बनाएका हुन् । दुई करोड मूल्यबाट सुरु भएको बोलकबोलमा आर्शदीपलाई पञ्जाबले १८ करोड दिएको हो । उनलाई चेन्नई, दिल्लीलगायत क्लबले बोली लगाए पनि पञ्जाबले राखेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : २८ बजे

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि