छोराले आफ्नै बुबाको हत्या गरेपछि… « Khabarhub

छोराले आफ्नै बुबाको हत्या गरेपछि…


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 त्रिवेणी– रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । 

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । 

फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी  निरीक्षक पाठकले जानकारी दिए। घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : १८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका