राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ | Khabarhub Khabarhub

राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई भोट माग्न आइपुगेका छन् ।

यही मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्दै भोट मागिरहेका छन् ।

सोमबार काठमाडौं आइपुगेका साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो गरिरहेका छन् ।

आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि महर्जनलाई समर्थन गर्न आइपुगेको साम्पाङले बताए ।

कीर्तपुरका सरसफाइ अभियन्ता महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ पछि हटिसकेका छन् ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिँदैछन् । तीनजना बढी स्वतन्त्र उम्मेदवारलाई मिलेर अघि बढ्न दबाब परेको छ। कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछ ।

धरानमा हर्क साम्पाङ २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकासमेत उम्मेदवारलाई हराउन सफल भएका थिए । लौरो लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनी आश्चर्यजनक परिणामसहित धरानको मेयर बने ।

उनले गत वैशाखमा इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा पनि पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई सघाएका थिए ।

तर त्यहाँ नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए। हर्क साम्पाङ आफैं मुढा बोकेर भोट माग्दै हिँडे पनि थेगिमले उल्लेख्य भोट ल्याए तर जित निकाल्न सकेनन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : १९ बजे

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर