अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल | Khabarhub Khabarhub

अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

बाकु- कजाख्स्तानको अकताऊ शहरमा एक यात्रुवाहक जहाज बुधबार दुर्घटनामा परेको छ।

स्थानीय अधिकारीकाअनुसार जहाजमा ६७ जना सवार थिए । अधिकारीहरूले जहाजमा सवार ६७ जनामध्ये २५ जना ज्यान जोगाउन सफल भएका बताएका  छन् ।

कजाख्स्तानको आफतकालीन मन्त्रालयका अनुसार जहाजमा सवार २५ जना यस घटनामा बाँचेका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ ।

जहाज जब उचाइबाट तलतर्फ आइरहेको थियो, त्यहीबेला आगो लागेको थियो । दुर्घटनमा परेको एम्बरार १९० जहाजमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य थिए ।

समाचार एजेन्सी रोयटर्सले रूसको समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जुन बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ गइरहेको थियो । यो जहाजले बाक्लो हुस्सुका कारण बाटो बदलेको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : २५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका