बाकु- कजाख्स्तानको अकताऊ शहरमा एक यात्रुवाहक जहाज बुधबार दुर्घटनामा परेको छ।
स्थानीय अधिकारीकाअनुसार जहाजमा ६७ जना सवार थिए । अधिकारीहरूले जहाजमा सवार ६७ जनामध्ये २५ जना ज्यान जोगाउन सफल भएका बताएका छन् ।
कजाख्स्तानको आफतकालीन मन्त्रालयका अनुसार जहाजमा सवार २५ जना यस घटनामा बाँचेका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ ।
जहाज जब उचाइबाट तलतर्फ आइरहेको थियो, त्यहीबेला आगो लागेको थियो । दुर्घटनमा परेको एम्बरार १९० जहाजमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य थिए ।
समाचार एजेन्सी रोयटर्सले रूसको समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जुन बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ गइरहेको थियो । यो जहाजले बाक्लो हुस्सुका कारण बाटो बदलेको थियो ।
प्रतिक्रिया