मञ्जुश्री गुफा आवतजावत गर्न पदमार्ग, पर्यटकलाई सहज | Khabarhub Khabarhub

मञ्जुश्री गुफा आवतजावत गर्न पदमार्ग, पर्यटकलाई सहज


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ– त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर आकर्षक ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको हो ।

मञ्जुश्री गुफा जाने पदमार्गसँगै तुवाचुङ पद्मार्ग, माङिखम घर निर्माणलगायतका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छ करोड लगानीमा ठेकेदारमार्फत स्तरोन्नतिको काम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

‘मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको छ’, उनले भने, ‘मञ्जुश्री गुफा जावतजावतका लागि प्रयोग गरिने पदमार्ग आकर्षक बनेपछि पर्यटकको सङ्ख्यासमेत वृद्धि भएको छ ।’

मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर बाहिरी जिल्लाबाट आयात गरिएको आकर्षक ढुङ्गा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ । पदमार्गको दाँया र बाँया आकर्षक ढुङ्गाकै पर्खालसमेत लगाइएको छ । पाँच मिटर चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा निक्कै आकर्षक देखिन्छ ।

धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपसमेतमा विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन एवम् अवलोकन गर्न विश्वका तीर्थालु तथा पर्यटक आउने गरेका छन् । हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजन पुग्ने गरेका छन् ।

विशेष गरी हलेसीस्थित मारातिका गुम्बा आउने बौद्ध धर्मावलम्बी अनिवार्यरुपमा मञ्जुश्री गुफा जाने गरेका छन् । पदमार्ग भएर आवतजावत गरिने मञ्जुश्री गुफाभित्र बौद्ध धर्मावलम्बी लामो समयसम्म ध्यान गरेर बस्ने गरेका छन् ।

मञ्जुश्री गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक लडेर भक्तजनलाई चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्।

किरात राई समुदायको उद्गमस्थल तुवाचुङ–जायाजुममा निर्माणाधीन पदमार्गलाई ‘मिनी ग्रेटवाल’ नामाकरण गरेर स्तरोन्नति गर्ने काम भइरहेको नगर प्रवक्ता गिरीले जानकारी दिए । छ सय ७० लामो मिनी ग्रेटवालको उचाइ एक मिटर २० सेन्टीमिटर तथा चौडाइ ६० सेन्टीमिटरको हुने जनाइएको छ ।

तुवाचुङ–जायाजुम निर्माणाधीन पदमार्गको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव थापाले जानकारी दिए । त्रिधार्मिकस्थल हलेसीस्थित बशाहा गुफा नजिकै निर्माण गरिने माङिखम ९तीन चुल्हा०सहितको घरको काम भने शुरु भएको छैन ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुममा दर्शन गर्न र भ्रमण गर्न आउने देश÷विदेशका किराती र गैर–किरातीको भीड लाग्ने गरेको छ ।

हरेक वर्षको उँधौली र उँभौली आर्थात् मङ्सिरे र वैशाखे पूर्णिमामा बृहत् साकेला मेला लाग्ने तुवाचुङ–जायजुममा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ३३ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको