उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू) « Khabarhub

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै छ । वालेन्द्र शाह नेतृत्वको सरकार बनेयता पनि हरेक साँझ त्रिभुवन विमानस्थलबाट संसारका कयौँ देशमा पुग्न तम्तयार युवाको संख्या हजारौँमा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशको झण्डा काँधमा भिरेर आफ्नो भविष्य खोज्न लम्किरहेका युवाबीच उनीहरूलाई बिदाइ गर्न पुगेका आफन्त रोइरहेका भेटिन्थे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलका कारण युवा पलायन बढेको नारासहित देशमै रोजगारी बढाउने बाचा गरेको थियो । तर पछिल्लो समय चलिरहेका उद्योग पनि धराशायी बन्दै गएका छन्।

नयाँ सरकार बनेपछि देशमै रोजगारी पाउने आश गरेका कयौँ युवा रुँदै विदेशिँदै गरेको देखिए । विमानस्थलको अन्तरास्ट्रिय टर्मिनल हेर्दा यस्तो लाग्थ्यो, युवासँगै देश पनि भविष्य खोज्न विदेशिँदैछ। 

नेपालको बढ्दो युवा पलायन र आर्थिक अभावको गम्भीर तस्बिर विमानस्थल हरेक दिन देखिँदैछ । फरक यति हो, केपी शर्मा ओलीको स्थानमा वालेन्द्र शाह आए तर युवाले देश छाड्ने नियति उही छ । अहिले पनि दैनिक हजारौं युवाहरू मलेसिया, खाडी मुलुक, युरोप, र अमेरिकातर्फ लर्को लागेर गइरहेका छन्

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ११ : ४१ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद