उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू) « Khabarhub

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै छ । वालेन्द्र शाह नेतृत्वको सरकार बनेयता पनि हरेक साँझ त्रिभुवन विमानस्थलबाट संसारका कयौँ देशमा पुग्न तम्तयार युवाको संख्या हजारौँमा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशको झण्डा काँधमा भिरेर आफ्नो भविष्य खोज्न लम्किरहेका युवाबीच उनीहरूलाई बिदाइ गर्न पुगेका आफन्त रोइरहेका भेटिन्थे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलका कारण युवा पलायन बढेको नारासहित देशमै रोजगारी बढाउने बाचा गरेको थियो । तर पछिल्लो समय चलिरहेका उद्योग पनि धराशायी बन्दै गएका छन्।

नयाँ सरकार बनेपछि देशमै रोजगारी पाउने आश गरेका कयौँ युवा रुँदै विदेशिँदै गरेको देखिए । विमानस्थलको अन्तरास्ट्रिय टर्मिनल हेर्दा यस्तो लाग्थ्यो, युवासँगै देश पनि भविष्य खोज्न विदेशिँदैछ। 

नेपालको बढ्दो युवा पलायन र आर्थिक अभावको गम्भीर तस्बिर विमानस्थल हरेक दिन देखिँदैछ । फरक यति हो, केपी शर्मा ओलीको स्थानमा वालेन्द्र शाह आए तर युवाले देश छाड्ने नियति उही छ । अहिले पनि दैनिक हजारौं युवाहरू मलेसिया, खाडी मुलुक, युरोप, र अमेरिकातर्फ लर्को लागेर गइरहेका छन्

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ११ : ४१ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध